१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

साफ यू– २० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । साफ यू– २० च्याम्पियनसिप नेपालले दोस्रो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको हाे ।प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ ।

भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै जित पक्का गरेको हो । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपाल फाइनल नजिक समेत पुगेको छ ।यस्तै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया सबै