९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बाबुरामले दर्ता गरे नयाँ पार्टी, नाम ‘नेपाल समाजवादी’, चुनाव चिह्न आँखा

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । डा. बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम ‘नेपाल समाजवादी पार्टी’ राखेको छ । निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेको हो ।

भट्टराई समूहका नेता विश्वदीप पाण्डेका अनुसार निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरिएको हो । यो चुनाव चिह्न यसअघि भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो । अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।

प्रतिक्रिया सबै