९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

भोजपुरमा भूकम्पले दुई घर भत्कायो

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा दुई घर भत्केको छ ।

आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको स्रोतले जानकारी दिए । स्रोतका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएको थियो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार हालसम्म क्षतिको विवरण आइसकेको छैन । आज बिहान खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया सबै