९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले बतायो । प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गर्ने स्रोतले बतायो ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो । शर्मा निर्दोष भएसँगै उनलाई नै अर्थमन्त्री बनाउन लागिएको हो ।

 

प्रतिक्रिया सबै