८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

जनार्दनको तथ्य बाहिर आउँछ भनेर सिसिटिभी फुटेज गायब गरियो : ओली

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समितिमा रहेका सत्तारूढ दलका सांसदले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे ।

जनार्दन शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नै गायब गरिएको दाबीसमेत गरे ।

‘अहिले सिसिटिभी राख्दा त फुटेज गायव । आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने । कल डिटेल हेर्नचाहिँ पाइँदैन, लज्जा ! अब ऊ बेला त न कल डिटेल, न फुटेज। न मोबाइल, न क्यामेरा, न फोटो उबेला चोरी पत्ता लगाउनु पर्‍यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ उनले भने ।

प्रतिक्रिया सबै