तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य
सोमवार, साउन १६ २०७९
![](https://skynepalnews.com/wp-content/uploads/2022/05/gold-1-768x384.jpg)
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै सुनको मूल्य घटेको जानकारी दिएको हो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो ।
सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो ।
प्रतिक्रिया
सबै