१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

‘चारजना मृत भेटिएको घटनास्थल बीभत्स छ’

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

प्रहरीका अनुसार गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

प्रहरीले मृत फेला पर्नेमा श्रीमान्, श्रीमती, छोरा र छोरी भएको जनाएको छ । काठमाडौं प्रहरीका अनुसार भित्रबाट ढोकाको चुक्कुल लगाएको पाइएपछि प्रहरी र छिमेकीले ढोका फोडेर भित्र पसेको छ ।

घटनास्थलमा भान्सामा प्रयोग हुने घरेलु हतियार पनि प्रयोग भएको पाइएको प्रहरीका एक अधिकारीले बताए । ‘शव झुण्डिएको अवस्थामा पनि फेला परेको छ । घटना कसरी भएको हो भन्नेबारे हामीले अनुसन्धान सुरु गरेका छौँ । फरेन्सिक चिकित्सकको टोली पनि घटनास्थलमा आइपुगेको छ ।’

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले पनि दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएको बताएका छन् । उनले घटनास्थल बीभत्स रहेको बताए ।

प्रतिक्रिया सबै