१७ बैशाख २०८१, सोमबार Monday 29 April, 2024

एकैदिन ८९५ जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार ९०९ वटा नमुना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।

आज २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया सबै