८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

राणेसँग फोटो खिच्न युवतीहरुको रुवाबासी !

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे यतिखेर नेपालमा छन् । आफ्नो एक साथीको रिसेप्सनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

बलिउडमा खासै चर्चा नपाएका यी नायकको नेपालमा भने राम्रै क्रेज देखियो । उनी कीर्तिपुरमा पुग्दा मानिसहरूको भिड जम्मा भएको थियो । राणेसँग फोटो खिच्नेको लर्को नै लाग्यो ।

नेपालका फ्यानहरूको यस्तो क्रेज देखेर उनी हौसिएका थिए । उनले ‘मिट एन्ड ग्रिट’ भन्दै सोमबार आफू लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा जान लागेको जानकारी फ्यानलाई गराए । खबर पाउने वित्तिकै उनलाई भेट्न युवतीहरू टाढा–टाढाबाट बाटैदेखि टिकटक भिडियो बनाउँदै पुगेका थिए ।

राणे त्रिसरा पुग्नुअघि नै उनका फ्यानहरू त्यहाँ पुगिसकेका थिए । उनी गाडीबाट झरेदेखि फोटो र सेल्फी खिच्नेको घुइँचो थियो । केही युवतीहरू उनलाई देख्नासाथ गल्र्याम्म अङ्गालो हाल्दै रोए । केही ‘आई लभ यू’ भन्दै अटोग्राफ माग्दै थिए । छोटो समयको लागि पुगेका हर्ष ५० मिनेट बसेर त्यहाँबाट निक्लिए ।

आफूले ५० मिनेटभन्दा बढी समय दिन नसकेकोमा उनले माफी पनि मागे । तस्बिर खिचाउँदा र अङ्कमाल गर्दा पनि युवतीहरूलाई राणेले हात नलगाएको भन्दै फ्यानले उनको प्रशंसा गरेका छन् ।

राणे भारतमा खासै चलेका कलाकार होइनन् । २०१६ मा रिलिज भएको चलचित्र ‘सनम तेरी कसम’ बाट उनले बलिउडमा इन्ट्री गरेका थिए । सो चलचित्रमा उनको अभिनयमा प्रशंसा भएपछि राणेको खासै ठूलो चर्चा भएन । एक किसिमले भन्नुपर्दा उनी बलिउड ओझेलमा परेका नायक हुन् ।

प्रतिक्रिया सबै