साफ यु-२० च्याम्पियनसिप: नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा
मङ्लबार, साउन १७ २०७९

काठमाडौं । भारतमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले बंगलादेशसँग खेलिरहेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्ने हुन्छ । पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन ।
खेलको १५ औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो ।
दिपशे गुरुङले ३३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाएका थिए ।
प्रतिक्रिया
सबै