८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ओलीको टिप्पणी : जनार्दन शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजायो’ होला !

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरेका छन् ।

मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गरेका हुन् ।

‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला’, ओलीले भने, ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो’ ओलीले भने ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । त्यसपछि शर्माले राजीनामा दिएका थिए ।

संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको पुष्टि नभएको प्रतिवेदन दिएपछि शर्माले सफाई पाएका थिए । त्यसपछि शर्मा पुन अर्थमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया सबै