९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

खैरो हेरोइनसहित काठमाडौंबाट २० जना पक्राउ

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट २० जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ ।

ब्युरोले यसबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया सबै