११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

सप्तकोशीको बाढीले २० हजार बढी मानिस विस्थापित हुने जोखिममा

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको उनको भनाई छ । उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको उनले बताए ।

त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ । हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्दार भइसकेको उनले बताए । यस्तै आवश्यकताअनुसार उद्दार र राहतको कार्य बढाइएको उनको भनाई छ ।

लगातारको वर्षासँगै आएको बाढीले बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको हो ।

प्रतिक्रिया सबै