मुम्बई उड्न लागेको विमानबाट १ जना शंकास्पद व्यक्ति पक्राउ
बुधबार, साउन १८ २०७९

काठमाडौं । काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । विशेष ब्यूरोका डीआईजी अशोक सिंह नेतृत्वको टोलीले एक जनालाई पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विशेष ब्यूरोको सूचनाका आधारमा विमानमा चेकजाँच गरिएको हो । ‘चेकजाँच सकियो, विमानबाट एकजना आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गरिएको छ’, उनले भने ।
कैलालीमा मुद्दा चलिरहेको फरार आरोपीलाई पक्राउ गरिएको प्रहरीको एकजना उच्च अधिकारीले बताएको छ । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया
सबै