९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली जापान जाँदै

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन् ।

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरू प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा। थानेश्वर भुसाल सदस्य रहेका छन् ।

त्यस्तै, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री श्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ ।

समितिले बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने बताइएको छ ।

प्रतिक्रिया सबै