३० हजार घुससहित एक अधिकृत पक्राउ
बुधबार, साउन १८ २०७९

काठमाडौं । आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
उनलाई अख्तियार टोलीले कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ ।
अख्तियारले यससम्बन्धमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया
सबै