९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १०० रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्यसमेत तोलामा ८०० रुपैयाँले बढ्दै ९५ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया सबै