१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुल्ने

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । सरकारले मंसिर ४ गते हुने चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्छ । त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिनेछ ।

सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्ने उनको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका प्रवक्ता राईले विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजाने बताए । विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउने पनि उनको भनाई छ ।

प्रतिक्रिया सबै