९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

मंकीपक्स भनेको के हो ? यो भाइरसबाट कसरी जोगिने ?

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । मंकीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोग देखिएको छैन् । विश्वका धेरै मुलुकमा यो रोग देखा परेकाले नेपालमा आम नागरिकलाई सचेतक हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कसरी सर्छ मंकीपक्स संक्रमण ?
– संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आएमा ।
– घाउ खटिरा र बिमिरा वा फुटेको छालाबाट आँखा, नाक मुख हुँदै संक्रमित व्यक्तिको शरीरबाट निस्किएको तरल पदार्थबाट ।
– भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट ।

यी हुन् लक्षण
– ज्वरो आउनु ।
– ज्वरो सुरु भएको १ देखि ३ दिनमा छालामा डाबर देखिनु ।
– डाबर फोका हुँदै पाप्रा लागेर उप्किनु ।
– टाउको, ढाड, मांशपेशी दुख्नु ।
– शरीरका ग्रन्थीहरू बढ्नु ।

कति घातक ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंकीपक्स संक्रमण आँखामा देखिएमा व्यक्तिको दृष्टि गुम्न सक्नेसम्मको सम्भावना रहन्छ । त्यस्तै अन्य जीवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जानेजस्ता जटिलतासमेत यसले निम्त्याउँनसक्छ भने मृत्युसमेतको सम्भावना रहन्छ ।

कसरी जोगिने ?
– मंकीपक्स शंका लागे वा पुष्टि भएका व्यक्तिसँगको असुरक्षित सम्पर्कमा नआउने ।
– संक्रमित व्यक्तिलाई घरमै वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
– संक्रमितको हेरचाह गर्नेले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने ।

लक्षण देखिए कहाँ जाने ?
मंकीपक्स संक्रमण पीसीआर विधीबाट परीक्षण गरी पहिचान गरिन्छ, त्यसैले कसैमा यसका लक्षण देखिए वा शंका लागेमा तत्कालै पीसीआर परीक्षणमा पुग्नुपर्दछ । संक्रमितको सम्पर्कमा आएको सतह वा स्थान कोठा आदी तुरुन्तै स्यानिटाइज गर्नु पर्दछ । सो क्रममा उत्पादन भएको फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ । मंकीपक्सबारे विस्तृत जानकारी निःशुल्क हटलाइन नं. १११५ बाटपनि लिन सकिन्छ ।

प्रतिक्रिया सबै