११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्दै

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । नेपाल समाजवादी पार्टीले साउन २१ गते शनिबार बैठक बोलाएको छ । काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया सबै