२४ बैशाख २०८१, सोमबार Monday 6 May, 2024

मनाल्सु वर्ल्ड कलेजको ‘एसइई सम्मान’ कार्यक्रम सम्पन्न

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित मनाल्सु वर्ल्ड कलेजले एसइई सम्मान कार्यक्रम २०७९ सम्पन्न गरेको छ ।

स्थापनाकालदेखी नै आयोजना गर्ने गरिएको यस सम्मान कार्यक्रममा यसपाली २०७८ सालमा सम्पन्न एसइइ परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका विद्यार्थी तथा प्रिन्सिपलहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थी र १०० भन्दा बढी शिक्षक शिक्षिकाहरू सम्मानित गरिएको छ ।

सम्मानित विद्यार्थी मध्ये एसइईमा ४ जिपिए ल्याउन सफल फरक-फरक विद्यालयका दुई विद्यार्थीहरूले कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मनास्लु जस्तो प्रतिष्ठित कलेजले सम्मान गरेकोमा गौरव महसुस भएको बताउँदै उनीहरूले कलेजलाई धन्यवादसमेत दिए ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट अंक प्राप्त गरेका र विशेष प्रतिभा भएका विद्यार्थीहरूले मनास्लुमा भर्ना हुन चाहे कलेजले ७५ प्रतिशत- १०० प्रतिशतसम्म छात्रवृत्ति दिने घोषणासमेत उनले गरेका छन् ।

उत्कृष्ट प्लस टु छनोटका लागि केही टिप्सपनि दिएका उनले पूर्ण मानव बनाउने र प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीको प्लस टु अध्ययनको उपयुक्त गन्तव्य भएको बताए ।

प्रतिक्रिया सबै