१४ बैशाख २०८१, शुक्रबार Friday 26 April, 2024

अमेरिकी सभामुख र उनको परिवारलाई प्रतिबन्ध लगाउने चीनको घोषणा

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । चीनले विवादित टापु ताइवान भ्रमण गरेकी अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

चीनको गम्भीर चासो र आपत्ति हुँदाहुँदै पेलोसीले ताइवान भ्रमण गर्नु आफूहरुको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप रहेको ठहरसहित सभामुख पेलोसी र उनको परिवारलाई प्रतिबन्ध लगाएको घोषणा चिनियाँ विदेश मन्त्रालयले शुक्रबार गरेको हो ।

‘चीनको गम्भीर चासो र कडा विरोधलाई बेवास्ता गर्दै अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीबाट ताइवान क्षेत्रको भ्रमण भयो। यो चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप हो’, चिनियाँ विदेश मन्त्रालयले भनेको छ— ‘यसले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई गम्भीर रूपमा कमजोर बनाउँछ। एक चीन सिद्धान्तलाई गम्भीर रूपमा कुल्चिन्छ। ताइवान राज्यको शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्छ ।’

पेलोसीको ताइवान भ्रमणलाई घृणित र उत्तेजक भन्दै चीनले पेलोसी र उनका परिवारका सदस्यहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘पेलोसीको घृणित र उत्तेजनापूर्ण कदमको जवाफमा जनवादी गणतन्त्र चीनको कानुन बमोजिम पेलोसी र उनको परिवारका सदस्यहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ’, चिनियाँ विदेशमन्त्रालयले भनेको छ ।

अमेरिकी सभामुख पेलोसीले बुधबार एक दिने भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् । लोसीको भ्रमणको चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको थियो । चीनले अहिले ताइवानवपरिपरि सैन्य अभ्यास गरिरहेको छ। ताइवानको भूमितर्फ केही मिसाइल पनि हानिएको छ ।

पेलोसीले ताइवानको संसदमा सम्बोधन गर्नुका साथै राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी थिइन् । उनले इवानको पक्षमा अमेरिका बलियोसँग उभिने बताएकी थिइन् ।

प्रतिक्रिया सबै