१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नबिल बैंकले नाफा ४ अर्ब ९७ करोड

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले गत आवको चौथो त्रैमासिकमा मात्रै १ अर्ब ६२ करोड ७ लाख १३ हजार रुपैयाँ खुद मुनाफा गरेको हो ।

योसँगै बैंकको खुद मुनाफा झण्डै ५ अर्ब पुगेको हो । बैंकले अघिल्लो आवमा ४ अर्ब ५२ करोड ७५ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

नबिल बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार करअघिको नाफा ७ अर्ब १० करोड ४१ लाख ८१ हजार रुपैयाँ छ । त्यस्तै गत आवमा ११ अर्ब २३ करोड १८ लाख ४१ हजार रुपैयाँ खुद सञ्चालन आय गरेको बैंकले ७ अर्ब ९ करोड ६३ लाख ४२ हजार सञ्चालन नाफा निकालेको छ ।

बैंकको कुल सञ्चालन आय भने ११ अर्ब ९३ करोड ५४ लाख १९ हजार रुपैयाँ छ । बैंकले ९ अर्ब ४३ करोड १९ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकमा निष्क्रिय कर्जा १.५४ प्रतिशत, सीडी रेसियो ८९.७९ प्रतिशत रहेको छ । बैंकको आधार दर ८.७७ रहेको छ भने स्प्रेडदर ४.२२ प्रतिशत रहेको बैंकले जनाएको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २६.८० रुपैयाँ रहेको छ ।

बैंकको कुल सम्पत्ति ४ खर्ब १६ अर्ब १७ करोड २ लाख ४१ हजार रुपैयाँ रहेको छ भने सञ्चित कोषमा २६ अर्ब ३७ करोड ९१ लाख ८६ हजार रुपैयाँ छ ।

प्रतिक्रिया सबै