९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कसले गर्ने हो जनताको निसाफ ?

 सोमवार, साउन २३ २०७९  

कविता- नेता कहिरन
खड्ग ओली ओइलिन्छ
माधव नेपाल मातिन्छ
प्रचण्ड पड्किन्छ
झलनाथ झर्किन्छ
शेरबहादुर सर्किन्छ
मधेसवादी मचिन्छ ।
कसले गर्ने हो देशको विकास ?
चोलेन्द्रशमसेर चुकिगयो
कसले गर्ने हो जनताको निसाफ ?

नेताहरु जनताको पैसा खान्छन्
बैठक बस्ने बेला विदेशतिर जान्छन् ।
बैठक बस्यो भनेपनि खुट्टा तानातान
अनुहारमा कैले त मुड्की हानाहान
ससंद भवन लथालिङ्गै
टेबुल कुर्सी भाँचेर भताभुङ्गै
हे वागमती, विष्णुमती !
नेताहरुको आएन मति
कहिले होला देशको प्रगति ।

गंगाराम राई, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवा, हाल ललितपुर ।

 

प्रतिक्रिया सबै