८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौँ । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ।

दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

बुधबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

पर्सि बिहीबार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहँदा देशभरको मौसममा बदली भइरहेको छ।

प्रतिक्रिया सबै