११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनै पनि सरकार लोकप्रिय हुँदैन : हृदयेश त्रिपाठी

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको भन्दै उनले नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरे ।

कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको सांसद त्रिपाठीले बताए ।
निजामती ऐन नबनेसम्म यस्तो दुविधा रहिरने जिकिर गदैै त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताए ।

शासन प्रसाशनको महत्वपूर्ण ऐन, निजामती कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको बताए । निजामती कर्मचारी ऐन जारी नभएकाले सुशासन भन्दा पनि शासन गर्न समेत अफठ्यारो भएको उनको भनाई छ ।

‘सरकारले कर्मचारीहरुको तलवमान वृद्धि गरेको छ । यसमा दुविधा देखियो । राजपत्र अनाधाकृति कर्मचारीहरु १५ प्रतिशत राजपत्राङ्कित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलब वृद्धि हुने भयो । जसले गर्दा नायब सुब्बाहरु आन्दोलनमा छन् । त्यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । जहाँ गहिरो त्यही पानी हुनु भएन । जसलाई कम चाहिएको थियो । उसलाई बढी दिने र जसलाई बढी चाहिएको थियो उसलाई कम दिने भन्ने हुन्न,’ उनले भने ।

सांसद त्रिपाठीले सरकारले गरेको कर्मचारीहरुको तलबमान वृद्धिमा दुविधा देखिएको पनि बताए । राजपत्र अनाधाकृति कर्मचारीहरु १५ प्रतिशत राजपत्राङ्कित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलव वृद्धि हुने देखिएको उनको भनाई छ ।

 

प्रतिक्रिया सबै