यसरी मनाइँदैछ २८औँ विश्व आदिवासी दिवस
मङ्लबार, साउन २४ २०७९

काठमाडौं । आज २८ औं विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल आदिवासी जनजाति महासंघका अनुसार ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी आन्दोलन, आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
आदिवासीको साँस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रूपमा प्रदर्शनसहित काठमाडौंमा र्याली निकालिएको छ ।
प्रतिक्रिया
सबै