८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

संरचना हटाउन नर्भिक अस्पताललाई अल्टिमेटम दिएर फर्किए बालेन

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले नर्भिक अस्पतालले नक्सापास बिना बनाएका संरचना हटाउनका लागि अल्टिमेटम दिएका छन् ।

सोमबार २४ घन्टा भित्र संरचना हटाउन महानगरले निर्देशन दिएको थियो । सोही अनुसार मेयर बालेन आफैं नर्भिक पुगेका थिए ।

‘१० दिन, १५ दिन एक महिना कति लाग्छ समय दिनपर्यो । ‘अक्सिजन प्लान्ट झिक्दा प्यासेन्ट लाई गाह्रो हुन्छ भन्ने कुरा अस्पतालबाट भयो’, नर्भिकमा बालेन्द्रले भने । सबैलाई एउटै कानुन हुनपर्ने भन्दै बालेन्द्रले अस्पताल प्रशासनका प्रमुखलाई संरचनाबारे चासो राखेका थिए ।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिएका छन् । मेयर बालेन्द्र पुगेसँगै अस्पतालका कर्मचारीहरुले उनलाई नभत्काउन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया सबै