१३ बैशाख २०८१, बिहीबार Thursday 25 April, 2024

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 बुधबार, साउन २५ २०७९  
सांकेतिक तस्बिर

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कारको ठक्करबाटआज विहान मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए । घाइते ढुंगेलको उपचारको क्रममा बिरगंज अस्पतालमा मृत्यु भएको हो ।

ढुंगेल सवार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना३३प २२९५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको बा७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो । घटनामा संलग्न कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया सबै