९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

अफगानिस्तान विष्फोटमा तालिबान नेताको मृत्यु

 शुक्रबार, साउन २७ २०७९  

काठमाडौं । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ ।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलाबद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल-ए-सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।

अगस्ट 6 मा काबुलको पश्चिममा पर्ने पुल-ए-सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ । यसमा परी एक सय २० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् ।

यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घको परिवारले अल्पसंख्यकहरूको लागि ठूलो सुरक्षाको आग्रह गरेको छ ।

 

प्रतिक्रिया सबै