१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

निहारिकालाई भेटेपछि बालेनले भने- एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्याचार हो !

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग भेट गरेका छन् ।

शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर निहारिकालाई भेट गरेका बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

निहारिसँगको तस्विर सेयर गर्दै बालेनले निहारिकामाथि राज्यले अत्याचार गरेको टिप्पणी गरेका छन् । ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’, बालेनले फेसबुकमा लेखेका छन् ।

निहारिकाले आफूलाई बलात्कार गर्नेमाथि कारबाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै शुक्रबार शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई अहिले शिक्षण अस्पतालको मानसिक वार्डमा राखिएको छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया सबै