११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

वर्षापछि उपत्यकाको सडकमा फोहोर लथालिङ्ग

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । काठमाडौंका सडक र फुटपाथमा थुप्रिएका फोहोरहरू वर्षाले गर्दा छरपस्ट भएका छन् ।

काठमाडौंका पुतलीसडक, जमल, सिनामंगल, बागमती नदी किनारमा रहेका फोहोरहरू पानीमा डुबेर छरपस्ट भएका छन् । काठमाडौं महानगरपालिकाका फोहोर सहज ढंगले व्यवस्थित नभएको एक महिनाभन्दा धेरै भइसकेको छ ।

सडकका छेउमा थुप्रिएका फोहोरहरू शनिबारदेखि परेको पानीले जलमग्न भएर सडकमा तैरिएर भद्रगोल भएको छ । सहरका मुख्य चोकहरुमा फोहोरको डंगुरले अस्तव्यस्त भएको छ ।

धेरैपछि शनिबार फोहोर बोकेका गाडी बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । ठूलो संख्यामा प्रहरी तैनाथ गरेर फोहोर बञ्चरेडाँडा लगिएको थियो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का अनुसार हिजो फोहोरका १५२ वटा गाडीहरू बञ्चरेडाँडामा पुगेका छन् । कुनै अवरोध नभएमा आजदेखि दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने उनको दाबी छ ।

काठमाडौं फोहोर व्यवस्थापन गर्न महानगरको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरूबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्ने बताएका छन् ।

प्रतिक्रिया सबै