९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

समीक्षा बास्कोटालाई विवेकशील साझाको अध्यक्ष बनाउने तयारी

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटालाई बनाउने तयारी गरिएको छ ।

विवेकशील साझाको आज बस्ने बैठकबाट बास्कोटालाई अध्यक्ष बनाउने तयारी गरिएको एक नेताले बताए ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनपश्चात् पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा बास्कोटालाई अध्यक्ष बनाउन लागिएको हो । यसअघि, उनले पार्टीको वाग्मती प्रदेश संयोजक भएर काम गरिसकेकी छन् ।

समीक्षाले स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया सबै