९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ व्यक्ति पक्राउ

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । दुबई पठाईदिन्छु भन्दै रकम ठगी गरको अभियोगमा आइतबार दिउँसो प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका—७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की हुन् ।

प्रहरीका अनुसार दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिन्छु, मासिक १ लाख रूपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई पीडित व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ लिई फरार भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर
काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया सबै