९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

आङ सान सू चीलाई थप ६ वर्ष जेल सजाय, पत्रकारहरुसँग पनि बोल्न निषेध

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । म्यानमारका नेतृ आङ सान सू चीलाई थप ६ वर्ष जेल सजाय तोकिएको छ । गत असारमा राजधानी नेपिडस्थित एकान्त कारावासमा राखिएकी उनलाई त्यहाँको सैनिक सरकारले थप ६ वर्ष जेल सजाय सुनाएको हो ।

उनलाई यसअघि ११ वर्ष जेल सजाय सुनाइएको थियो । अब उक्त सजाय बढेर १७ वर्ष पुगेको छ । उनले भने आफूमाथिका आरोपहरु राजनीतिक आग्रहप्रेरित भएको बताइरहेकी छन् ।

७७ वर्षीय सू चीलाई फेब्रुअरी २०२१ मा सेनाले कू गरेपछि गिरफ्तार गरिएको थियो । असार अघिसम्म उनलाई राजधानीमै अज्ञातस्थलमा नजरबन्दमा राखिएको थियो ।

असारदेखि उनलाई सैनिक सरकारले बनाएको विशेष संरचनामा सारिएको थियो । सत्ताच्यूत राष्ट्रपति विन मिन्ट पनि त्यही स्थानमा एकान्त कारावासमा छन् ।

एकान्त कारावासमा उनलाई एक्लै राखिएको छ । उनलाई अदालती सुनुवाइमा पनि जेलभित्रैबाट सहभागी गराइँदैछ ।

मानवअधिकारवादी समूहहरुले उनको सुनुवाइ गोप्य राखिएकोमा विरोध गरिरहेका थिए । सू चीका वकिलहरुलाई पत्रकारहरुसँग पनि बोल्न निषेध गरिएको छ ।

प्रतिक्रिया सबै