९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बाग्मती प्रदेश : तीन विधेयक प्रमाणीकरण

 सोमवार, साउन ३० २०७९  

काठमाडौँ । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बाग्मती प्रदेशसभाबाट हालै पारित भई आएको तीनवटा विभिन्न विधेयक आज प्रमाणीकरण गरेका छन् ।
उनले प्रमाणीकरण गरेका विधेयकहरुमध्ये केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ रहेका छन् ।
यसैगरी प्रदेश अुनसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ लाई पनि उनले प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया सबै