१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

पेट्रोलियम पदार्थको मूल्य तेस्रोपटक घटेर आयो

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको हो ।

यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको भन्दै नेपालमा भने भाउ घटाइएको छैन । निगमका अधिकारीहरुका अनुसार नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहनेछ ।

इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य प्राप्त भएको हो । यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो ।

यसपटक मूल्य घटाउने वा नघटाउनेबारे मंगलबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने निगमको तयारी छ ।

प्रतिक्रिया सबै