८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

फोहोर फाल्न अवरोध गरेपछि प्रहरीद्वारा हवाईफायर

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले हवाईफायर गरेको छ ।

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर हानेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुँगामुढा गरेपछि हवाई फायर गर्नु परेको बताए ।

धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङले प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी पनि दिएका छन् ।

एक स्थानीयनका अनुसार प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको हो ।

प्रतिक्रिया सबै