८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ओलीको आरोप : देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशलाई दुःख दिए, भ्रष्टाचार गरे

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण राजनीतिलाई घृणा गरेको बताए ।

राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै ओलीले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको पनि बताए । ‘आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्सरु अब गलत पोलिटिक्स गर्यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डर्टी पोलिटिक्स भन्न थाल्छ’, ओलीले भने ।

व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको बताउँदै अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको र त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे ।

‘व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसिटिभी करयापकुरुप पारेर तार चुँडाएर आयो । अनि, केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अब यही देखेपछि अनि कतिपयले भन्छन–आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन । यसका विरुद्ध तपाँई हामी उठ्नु पर्छ। तपाईँ हामीले यसका विरुद्ध लड्नुपर्छ। पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनु पर्छ । देशका निम्ति बनाउनुपर्छ । जनताको निम्ति बनाउनु पर्छ । स्वच्छताको निम्ति बनाउनुपर्छ । समाजका निम्ति बनाउनुपर्छ । मानव जातिका निम्ति बनाउनु पर्छ । पोलिटिक्स झगडाका लागि हो र ? पोलिटिक्स झगडाका लागि होइन । पोलिटिक्स विश्व शान्तिका लागि । पोलिटिक्स राष्ट्रिय शान्तिका लागि । पोलिटिक्स बिगार्नका लागि होइन’, ओलीले भने ।

 

प्रतिक्रिया सबै