९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

‘काठमाडौंका मान्छे गन्हाएर बसेकाछन्, सबैले फोहोर सोहोर्नुपर्छ मात्रै भनेको अर्कै बुझेछन्’

 शुक्रबार, भदौ ३ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर नउठेसम्म ठूला कुरा नगर्न आग्रह गरेका छन् ।

उनले फेसबुक लाइभमार्फत काठमाडौं सफा नभएसम्म प्रहार जारी रहने पनि बताए ।

‘जबसम्म काठमाडौंको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ । काठमाडौं बिजोग भएको छ फोहोरले तर त्यहाँका मान्छे गीत गाउन छाड्दैनन्’, उनले भने ।

उनले सत्यलाई स्वीकार्न नसकेको देख्दा अचम्म लागेको पनि बताएका छन् । ‘काठमाडौंमा गएर हामीले केही भनिसकेपछि र स्टाटस लेखिसकेपछि युवा संघले काम गरेको हो । त्यहाँका मान्छे गन्हाएर बसेका थिए । काम गर है भनेको इगो हट भएछ । काठमाडौंको फोहोर सोहोरिसकेपछिमात्रै बोल्नुहोला । नगरपालिकाको मात्रै दायित्व होइन । मन्त्रालयले पनि हेर्नुपर्छ । सबै मिलेर गर्नुपर्छ’, उनले भनेका छन्— ‘त्यो गर है भनेको अर्कै कुरा बुझ्नुभएछ । धरानको फोहोर हामीले ५ मिनेटमा उठाउछौँ । काठमाडौंको फोहोर नउठेसम्म बोल्न छाडिन्न । प्रहार पनि जारी रहनेछ ।’

तर, सामाजिक सञ्जालमा भने मेयर साम्पाङले भन्न खोजेको सकारात्मक सन्देश र सुझावलाई भन्दा नकरात्मक कुरालाई केही मिडिया, व्यक्तिले उनलाई नकरात्मक टिप्प्णी गरिरहेका छन् ।

प्रतिक्रिया सबै