१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

माओवादीको महासचिवमा देव गुरुङ, यी हुन् २१ पदाधिकारी

 शनिबार, भदौ ४ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो ।

यसअघि सो पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो । उनीहरुलाई उपमहासचिव बनाइएको छ ।

माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ । गत पुसमै महाधिवेशन गरे पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको थिएन ।

यी हुन् पदाधिकारी

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव : दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

प्रतिक्रिया सबै