११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

 बुधबार, भदौ ८ २०७९  

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले २४ देखि २९ साउनसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

उक्त आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले २ करोड ४ लाख ७५ हजार ९८० कित्ताको लागि आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार २८६ आवेदन अस्वीकृत भएको छ । यस्तै १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ३० हजार ९२९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सोमध्ये पनि ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया सबै