८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 बुधबार, भदौ ८ २०७९  
सांकेतिक तस्बिर

काठमाडौँ । पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी ३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गर्दा बिष्टको ज्यान गएको हो ।

हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

प्रतिक्रिया सबै