९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन

 बुधबार, भदौ ८ २०७९  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले एक्कासी अनधिकृत संरचना भत्काउन सुरु नगरेको स्पष्ट पारेका छन् ।

आज राजधानीको विभिन्न स्थानमा अनधिकृत रुपमा निर्मित संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर शाहले अनधिकृत संरचना भत्काउनका लागि ३५ दिने सूचना जारी गरेको तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि सम्पर्कमा नआएकाले संरचना भत्काइएको स्पष्ट पारे ।

उनले अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सँधै रहने समेत जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले भनेका छन्– ‘अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।
अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ ।’

उनले त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारवाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति तिराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने समेत उल्लेख गरेका छन् । तस्वीर- फेसबुक/मेयर बालेन

प्रतिक्रिया सबै