९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रपति भण्डारीद्वारा आफ्नो सुरक्षामा खटिएका वर्तमान एवम् पूर्व सुरक्षा अधिकारीसँग छलफल

 बुधबार, भदौ ८ २०७९  

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनीहरुलाई धन्यवाद दिएकी छन् ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तीव्रता दिएकी छन् ।
भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।

प्रतिक्रिया सबै