९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

अवैध संरचना हटाउन शंखमूल र बानेश्वर पुगे बालेन

 बिहिबार, भदौ ९ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसहितको टोली अनधिकृत संरचना हटाउन बिहीबार बिहान शंखमूल र बानेश्वरमा पुगेको छ ।

मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा पुगेका हुन् ।

बालेनसँग घर धनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।

बालेन नेतृत्वको टोलीले अवैरध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ । आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।

प्रतिक्रिया सबै