९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

टस जितेर केन्याविरुद्ध फिल्डिङ गर्दै नेपाल

 बिहिबार, भदौ ९ २०७९  

काठमाडौं । केन्याविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । पाँच खेलको सिरिजमा नेपालले केन्यासँग आज पहिलो खेल खेल्न लागेको हो ।

नौरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलमा नेपालले कप्तान सन्दीप लामिछाने, मोहमद आदिल अलाम, आरिफ शेख, दिपेन्द्रसिंह एरि, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, विवेक यादव र पवन सर्राफलाई मैदानमा उतारेको छ ।

नेपाल र केन्याबिच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ ।

सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्द नेपालले ६ विकेटको जित निकालेको थियो ।

 

प्रतिक्रिया सबै