१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

३६ वर्षका पुरुषमा एकैपटक देखियो कोरोना, मंकीपक्स र एचआइभी !

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं । इटलीमा ३६ वर्षका एक व्यक्ति कोरोना, मंकीपक्स र एचआइभीद्वारा एकैपटक संक्रमित भएका छन् । कटेनिया युनिभर्सिटीका वैज्ञानिकले यसलाई विश्वको पहिलो घटना बताएका छन् । यी व्यक्तिमा यो तिनै संक्रमण वर्षको सुरुमा स्पेन गएपछि भयो जहाँ उनले थुप्रै पुरुषसँग असुरक्षित यौन सम्बन्ध स्थापित गरेको बताइन्छ ।

द सनको रिपोर्ट अनुसार बिरामी स्पेनमा १६ देखि २० जुनसम्म बसेका थिए । जर्नल अफ इन्फेक्सनको केस रिपोर्टलाई विश्वास गर्ने हो भने ज्वरो आउने, टाउको दुख्ने, घाँटी खसखस हुने लक्षण देखिएको तीन दिनपछि जुलाईमा उनी कोरोनाद्वारा संक्रमित पाइएका थिए । त्यसै दिन बिरामीको बायाँ हात, अनुहार, खुट्टा आदिमा सानो र पीडादायी दाना निस्कन गाले र केही दिन पछि ती पानीफोकाजस्ता भए ।

त्यसपछि ५ जुलाईमा उनलाई सान मार्को युनिभर्सिटी अस्पतालको इमर्जेन्सी डिपार्टमेन्टमा भर्ना गरियो जहाँ उनको मंकीपक्स परीक्षण भयो । सकारात्मक नतिजा आएपछि उनको यौन रोगसँग सम्बन्धित परीक्षण पनि गरियो । उनी ह्युमन इम्युनो डिफिसियन्सी भाइरस–वानको पनि संक्रमित पाइए । डाक्टरका अनुसार उनलाई एचआईभी संक्रमण हालै भएको हो ।

कोरोना र मंकीपक्सबाट छुटकारा
११ जुलाईसम्म बिरामीको शरीरमा देखिएका मंकीपक्सका दाना सुके र उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आयो । उनलाई अस्पतालबाट डिस्चार्ज गरियो तर केही दिनका लागि आइसोलेट बस्न सल्लाह दिइयो । अनुसन्धानकर्ताले बताए अनुसार कोरोना र मंकीपक्सका लक्षण ओभरल्याप हुनसक्छन् । साथै बिरामीमा मंकीपक्स भएको २० दिनपछि पनि पोजेटिभ नतिजा आउन सक्छ त्यसैले उपचार समाप्त भइसक्दा पनि सतर्कता अपनाउनुपर्छ ।

 

प्रतिक्रिया सबै