८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

कर्मचारीले गरे देशभरका विद्यालयमा तालाबन्दी

 आइतवार, भदौ १२ २०७९  

काठमाडौ । विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।

परिषद्का महासचिव शान्तिनाथ योगिका अनुसार उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरेका छौं । त्यसको अनुगमन गर्न ४१ सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।’

जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ ।

सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

प्रतिक्रिया सबै