८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

पशुपति मन्दिर क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीजलाई मध्यनजर गरी पशुपति मन्दिर वरपर मासु तथा मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै सोमबारदेखि नै लागू हुने गरी चारकिल्ला तोकेर मासु, मदिरालगायत बेचबिखन तथा सेवनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जारी गरेको सूचनामा धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन् ।

तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ ।

कसैले यो सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ ।

प्रतिक्रिया सबै